अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२५ | Colorodo: 11:40

पर्यटन व्यवसायीले धुर्मुस-सुन्तली फाउण्डेसनलाई रु आठलाख आर्थिक सहयोग

बिआरटीनेपाल २०७५ जेठ १५ गते २१:५७ मा प्रकाशित

काठमाडौँ, पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् ।

उनीहरूले एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मङ्गलवार वीर अस्पताल सरसफाइका लागि सो रकम सहयोग गरेका हुन् । ४२ जना पर्यटन व्यवसायीद्वारा संकलित रकम फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले पवित्र उद्देश्यका साथ गाउँ–गाउँबाट आउने गरिब जनताले उपचार गर्ने वीर अस्पतालको वातावरण सुधारका लागि लागेको फाउण्डेशनलाई थोरै भए पनि पर्यटन व्यवसायीका तर्फबाट सहयोग गरिएको बताउनुभयो ।

फाउण्डेशनका अध्यक्ष धुर्मुसले वीर अस्पतालको एउटा छुट्टै महत्त्व रहेकोले त्यसलाई जीवन्त राख्न आफूहरूले वीर हस्पिटल सरसफाइ अभियान चलाएको बताउनुभयो । वीर अस्पतालको सरसफाइका लागि हालसम्म रु ४७ लाख खर्च भइसकेको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू