अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५४ | Colorodo: 05:09

पूर्व नेपाल सुन्दरी सदिक्षा श्रेष्ठ मिस नेपाल नर्थ अमेरिका कि आधिकारिक कोरियोग्राफरमा मनोनीत

विजय थापा २०७५ जेठ १५ गते २१:२२ मा प्रकाशित

आगामी अगस्त महिनामा अमेरिकाको न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको लागि सन् २०१० कि नेपाल सुन्दरी सदिक्षा श्रेष्ठ आधिकारिक कोरियोग्राफरमा मनोनीत भएकी छिन । आजै उक्त जानकारी आयोजकले मिस नेपाल नर्थ अमेरिकाले छापा विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । मिस नेपाल नर्थ अमेरिका आगामी अगस्त ११ तारिखमा हुँदैछ ।

यसै गरी मिस नेपाल नर्थ अमेरिकाको लागि सन् २०१८ कि मिस टुरिज्म इन्टरकन्टिनेंटल २०१८, मिस न्यु योर्क २०१७ तथा मिस टुरिज्म युएसए २०१७ बनेकी फतेना क्वासेमलाई कार्यक्रमको लागि आधिकारिक प्रशिक्षकमा मनोनीत समेत गरिएको छ ।

यसै गरी न्यु योर्ककै प्रसिद्ध कार्यक्रम स्थल मेलरोज बलरुममा उक्त कार्यक्रम अगस्त ११ तारिख भव्य समापन समारोहको आयोजना हुने तय भएको छ । साथै सोही स्थानमा भव्य भोज समारोहको समेत आयोजना गरिने छ ।

मेलरोज बलरुममा जहाँ हलिवुडका प्रसिद्ध कलाकार रिहाना, कववेब, स्वान मेडेस, स्टेभी टेलर, नेपाली कलाकारहरू बिपुल छेत्री, मुक्ति एण्ड रिभाईभल प्रख्यात तथा चर्चित कलाकारहरूले यसै मचंमा आफ्नो बेजोड प्रस्तुति गरी सकेका छन् ।

सदिक्षा श्रेष्ठ सन् २०१० कि नेपाल सुन्दरीको साथै सन् २०१७ मा नेपाल विद्या भूषण पदकबाट सम्मानित भएकी छिन् । यसको साथै उनी सन् २०११ को नेपाल पर्यटन कि सद्भावना दूत समेत हुन् । सन् २०१० मा विश्व वन्यजन्तु संरक्षण कि युवा सद्भावना दूतमा समेत नियुक्ति भएकी छिन् ।

श्रेष्ठ एमबिए कि स्वर्ण पदक विजेता हुन् भने उनले मिस पर्सोनालीटि, मिस वेस्ट वाक तथा मिस फोटोजेनिक नामक उपाधि पाइकी छिन् । उनी सन् २०१० कि नेपाली सुन्दरी भएता पनि उनले अहिले सम्म कै सबै भन्दा ज्यादा उप शीर्षक पदक प्राप्त गर्ने अवसर पाएकी छिन् ।

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इनटरटेन्टमेन्टको सहकार्यमा कार्यक्रम गर्नेछ । ८ वर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिका को टोलीमा संस्थापकहरूको संलग्नता रहेको छ ।

प्रथम मिस नेपाली नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रूपमा प्रकाश पार्ने छ भने पछिल्लो पुस्ताको लागि नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने मुख्य नारा यस वर्ष देखि सुरु हुनेछ ।

मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ वर्ष सम्म हुनु पर्ने, अविवाहित, ५ फुट २ इन्च हुनु पर्ने, शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट), प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने, नेपाली मूलको हुनु पर्ने, निवेदकको सही नैतिक चरित्र तथा नेतृत्वको सीप हुनु पर्ने तथा जीवन वृति हाक्न सक्ने तथा सफल हुन् प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाएको छ ।

विस्तृत जानकारीको लागि info@missnepalna.com, www.missnepalna.com/applynow मा जान आयोजकले अनुरोध गरेका छन् ।

मिस नेपाल नर्थ अमेरिका टोलीमा निराकार उप्रेती तथा शैलेन्द्र श्रेष्ठ दुवै सह संस्थापक/सभापति हुन् भने अन्य अनुभवी, प्रतिभाशाली विशिष्ट व्यक्तिहरू यसमा संलग्न रहेका छन् ।

प्रतिक्रिया