अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 21:58

बलिउड सुपरस्टार रजनीकान्तको फिल्म ‘काला’ को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७५ जेठ १५ गते २०:०३ मा प्रकाशित

बलिउड सुपरस्टार रजनीकान्तको फिल्म ‘काला’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रजनीकान्तलाई निकै स्क्रिन स्पेस दिइएको छ ।

रजनीकान्तको ग्रान्ड तर कमिक अन्दाजमा इन्ट्री हुन्छ । उनलाई हुमा कुरैशीसँग पनि स्क्रिन शेयर गर्दै देखिएको छ । यो फिल्म एक ग्यांगस्टर ड्रामा हो, जसमा रजनीकान्त काला करीकलन नामको ग्यांगस्टारको भूमिकामा छन् ।

ट्रेलर हिन्दी तेलुगु र तमिल भाषामा रिलिज भएको छ । रजनीमान्त र नाना पाटेकर दुवै आफ्नो चिरपरिचित स्टाइलमा देखिएका छन् । ७ जूनमा रिलिज हुने फिल्ममा रजनीकान्त र नाना पाटेकरको भीडन्त देख्न पाइनेछ ।

रजनीकान्तको पछिल्लो फिल्म जस्तै ‘काला ‘ले पनि एक कडा राजनीतिक सन्देश दिनेछ ।  हुमा कुरैशी र एस्वरी राव पनि यसमा लिड रोलमा छन् । यो फिल्मलाई पीए रन्जीतले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया