अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

फिल्म ‘बोबी’को नयाँ गीत सार्वजनिक ( भिडियाे सहित )

बिआरटीनेपाल २०७५ जेठ १५ गते १९:५५ मा प्रकाशित

काठमाडौँ । फिल्म ‘बोबी’को नयाँ गीत सार्वजनिक भएको छ । गीतमा राजेश पायल राई र दीपा लामाको आवाज रहेको छ ।बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतको भिडियो उत्कृष्ट बनेको छ । 

बास्तविक जोडीको कथामा बनेको फिल्मको सार्वजनिक ‘आँखाको नानी’ बोलको गीतमा बास्तविक जोडी उमेश थापा र कविता गुरुङ फिचरिङ छन् । गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेको छ । निर्माण तथा निर्देशनमा मिलन चाम्सको छ । फिल्मको स्क्रिप्ट नरेश भट्टराई र गिरीराज घिमिरेले लेखेको हो । बिनिश शाहको सम्पादन रहेको छ ।

कलाकारहरुमा उमेश र कविताको साथमा बिजय लामा, रुबि राना शाह, देशभक्त खनाल, रश्मी भट्ट, सुरबीर पण्डित, रबि गिरी, शिशिर राण छन् । फिल्म असार २९ गते प्रदर्शनको तयारीमा रहेको छ ।

प्रतिक्रिया