अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

मनमा देश प्रेम हुनेहरु मात्रै सच्चा नेपालीः पण्डित

बिआरटीनेपाल २०७५ जेठ १५ गते १०:५७ मा प्रकाशित

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पाण्डितले राष्ट्रिय भावनाले ओतप्रोत हुनेहरु मात्रै नेपाली हुन सक्ने बताएका छन् । उनले नेपालमा बस्ने सबैले सच्चा नेपाल हुन सक्नु पर्ने बताए ।

गायक, सङ्गीतकार तथा पूर्वप्रहरी नायव उपरीक्षक किशोर खतिवडाको १३ औँ पुण्य तिथिको अवसरमा ‘हामी नेपाली’ म्युजिक भिडियो मङ्गलवार संवाद डबलीमा लोकापर्ण गर्दै मन्त्री पण्डितले सो कुरा बताएका हुन् ।

“यहाँ नेपाली पनि फरक फरक हुन्छन् भनिन्छ, जसको मनमा राष्ट्रियताको माया छ, त्यो मात्रै नेपाली हुन सक्छ” मन्त्री पण्डितले स्वर्गीय खतिवडाले प्रहरी सेवा र गीत–सङ्गीतको माध्यमबाट ठुलो योगदान दिएको बताए । खतिवडा देशप्रेम भएको व्यक्ति समेत भएको बताए ।

कार्यक्रममा पूर्व एसएसपी गुप्त बहादुर श्रेष्ठ, साहित्यकार राधेश्यम लेकाली, भवानीप्रसाद पौडेल, दीप लुलाधारलगायतले खतिवडाले समाजको लागि गरेको कार्यको चर्चा गरेका थिए ।

त्यसै गरी खतिवडाकी छोरी श्रद्धा खतिवडाले आफूहरूलाई बुबालेको देशप्रतिको मायाले प्रेरणा दिइरहेको बताइन् । उनले बाबुले समाजको लागि गरेको कुराको चर्चा हुँदा पीडा कम भएको अनुभूति भएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू