अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

क्यालीफोर्नियाको राजधानी सेक्रोमेन्टोमा चार्टड नाइट सम्पन्न

बिआरटी नेपाल सम्बादाता, क्यलिफोर्निया २०७५ जेठ १५ गते १०:५० मा प्रकाशित

गत मे २० तारिख आइतबार क्यालीफोर्नियाको राजधानी सेक्रोमेन्टोमा एक वृहत् समारोहका बिच सेक्रोमेन्टो नेपलिज लायन्स क्लबको चार्टड नाइट सभ्य र भव्य रूपमा सम्पन्न भयो । प्रा. डा. दुर्गा दाहालको अध्यक्षतामा २३ सदस्य एक कार्यसमिति गठन भएको छ ।

उक्त कार्यक्रमलाई लायन्स क्लबका डिस्ट्रिक्ट गोवर्नर राजेन थापा, अस्ट्रेलियाको सिडनीबाट पाल्नु हुने योगसाधक तथा सद्भावना राजदूत राजन आचार्य उर्फ़ भीमसेन सापकोटा, लस एन्जेलसबाट महावाणिज्यदूत ऋषि ढकाल, बुद्ध दर्शन र चिन्तनका व्याख्याताद्वय प्रेम गुरागाईँ र राम लामा “अविनाशी” NRNICC का बलराम थापा, सामाजिक अभियन्ता तथा कमिशनर भक्त थापा र साहित्यकार प्रकाश घिमिरेले सम्बोधन गर्नु भएको थियो ।

त्यसै गरी, सान फ्रान्स्सिस्को बे एरियाबाट पर्यटनदूत घन दवाडी, NRNCC का सल्लाहकार उत्तम कार्की, बुद्ध नेपाल पिस फ़ाउन्डेशनका अध्यक्ष चीनकाजी श्रेष्ठ, प्राध्यापक एवं साहित्यकार डा. टीका लम्साल लगायतको बाक्लो सङ्ख्यामा समाजसेवी, साहित्यकार, पत्रकार, प्राध्यापक र सामाजिक अभियन्ताहरुको निकटवर्ती क्षेत्रबाट उल्लेख्य उपस्थिति र सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा स्थानीय कलाकारहरू माया अधिकारी, टीका पुन, कृष्ण श्रेष्ठ, निता नेपाली, नैना आचार्य लगायत धेरै वरिष्ठ र कनिष्ठ कलाकारहरूले आफ्नो नेपाली कला संस्कृति र नृत्य प्रस्तुत गरेका थिए भने कविहरूले रोचक कविताहरू वाचन गरेका थिए ।

सो कार्यक्रमको सञ्चालन बाबु आचार्य र एन्डी एन्डरसनले संयुक्त रूपमा अत्यन्त आकर्षक ढङ्गले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू