अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२२ | Colorodo: 01:37

बजेट प्रति निजी क्षेत्रको मिश्रीत प्रतिकृया

बिआरटीनेपाल २०७५ जेठ १५ गते १०:१० मा प्रकाशित

सरकारको तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले आज सार्वजनीक गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटलाई उद्योगी व्यवसायीहरुले औषत बजेटको संज्ञा दिएका छन् । व्यवसायीहरुले बहुमत प्राप्त कम्युनिष्ट सरकारले ल्याउने पहिलो बजेट युगान्तकारी र क्रान्तिकारी हुने अपेक्षा गरेपनि त्यस्तो नभएको बताए ।

बजेट युगान्तकारी र क्रान्तिकारी हुन सकेन, हरिभक्त शर्मा,अध्यक्ष नेपाल उद्योग परिसंघ

यो बजेटबाट निजी क्षेत्रले पनि ठूलो अपेक्षा गरेको थियो । बजेटमार्फत नयाँ र युगान्तकारी परिवर्तनको अपेक्षा गरिएको थियो । तर त्यो अपेक्षा हामीले पाउन सकेनौ । बजेट वक्तव्य बिगतकै निरन्तरता हो । तर पनि पुर्वाधार खानेपानी, सहर विकासको लागि लगानी बढाइएको छ त्यो भने सकारात्मक पक्ष हो ।

समग्रमा सकारात्मक छ, भवानी राणा, अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ
आगामी आर्थिक वर्षको बजेट सग्रमा सकारात्मक नै छ । हामीले अर्थमन्त्री समक्ष राखेका कुरा पनि समेसटएका छन् । कृषि, शिक्षा, डेरी उद्योग, पूर्वाधार निर्माण लगायतका विशेष प्राथमिकता दिइएको छ । त्यो निकै सकारात्मक कुरा हो । तर कर सम्बन्धी हामीले दिएका सुझा कति समेटिए ती हेर्न बाँकी छ ।

बजेट औषत छ, कमलेश अग्रवाल महासचिव , नेपाल चेम्बर अफ कमर्स
बजेट समग्रमा सकारात्मक नै छ । तर जुन रुपमा उद्योगी, व्यवसायी देखि नीजि क्षेत्रको अपेक्षा थियो त्यो अनुसार भने हुन सकेन । पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका विषयमा विशेष जोड दिइएको छ । सबैभन्दा ठुलो कुरा कार्यान्वयनको विषय हो । त्यो हेर्न बाँकी छ ।

निर्यात प्रवद्र्धनलाई सम्बोधन नगर्नु दुखद ,किरण डंगोल बरिष्ठ उपाध्यक्ष, नेपाल हस्तकला महासंघ
बजेटमा हस्तकलालाई विस्तार गरि विभिन्न प्रदेशमा राख्ने कुरा एकदमै सान्दर्भिक लाग्यो । बजेटमा यसका लागी आर्थिक सहयोग गर्ने कुराले उद्यमीहरुलाई थप प्रोत्साहन मिल्ने छ । तर निर्यात प्रवद्र्धनलाई सहयोग गर्ने कुरा बजेटले सम्बोधन गर्न नसक्नु दुखद हो ।

सकारात्मक छ , विवेक झा, प्रमुख कार्यकारी अधिकृत नेपाल लाइफ इन्स्योरेन्स
लाइफ इन्स्योरेन्स भएको २० प्रतिशत आयकर बढाएर २५ प्रतिशत पुर्याए पनि समग्र पुर्ण रुपमा सम्बोधन भएको छैन । तर पनि समग्रमा बजेट सकारात्मक छ । अव इन्स्योरेन्सको बजार १० देखी बढेर १५ प्रतिशत सम्म पुग्ने विश्वास लिएका छौं ।
कृषि लगानीको विषय राम्रो छ ।

सकारात्मक रुपमा लिएको छु, गोविन्द ढकाल, कार्यवाहक अध्यक्ष विकास बैंक एसोसिएसन
बजेटलाई सकारात्मक रुपमा लिएको छु । प्रत्येक नेपालीको बैंक खाता हुनु पर्ने कुरालाई निरन्तरता दिइएको छ । २ लाखबाट ३ लाख निक्षेप बढाएको कुरालाई पनि सकारात्मक लिएको छु । र कृषिमा लगानी गर्ने कुरा एकदमै सान्दर्भिक छ ।

सफ्ट लोनको कुरा आएन , भुवी पनेरु महिला उद्यमी
बजेटमा महिलाद्घारा स्थापित उद्योगलाई केहि मात्रामा भए पनि छुट्याइएको छ । यसले नयाँ उद्यमी महिलाहरुलाई उद्यम गर्न प्रोत्साहन गर्छ । तर महिलाहरुका लागि गर्ने भनिएको सफ्ट लोनको कुरा भने भएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू