अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८ | Colorodo: 10:23

बजेटले निराश बनायो: पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई

बिआरटीनेपाल २०७५ जेठ १५ गते ९:४९ मा प्रकाशित

नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू आज आएको बजेटबाट निराश रहेको बताएका छन् । सङ्घीय संसद् अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गरिसकेपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै डा. भट्टराईले यस्तो बताएका हुन् ।

भट्टराईले भने,‘म अलिकति निराश भएँ, यति ठुलो बहुमत प्राप्त सरकार हो । विकास र समृद्धिको आधार बन्छ भनिएको थियो । जुन किसिमले सरकारले पहिले विकास र समृद्धिको सपना देखाएको थियो, यो बजेटले जनतामा परिकल्प्ना देखा परेन् ।’

उनले यो पटकको बजेट पनि विगतको निरन्तरतामै आएको गुनासो पोख । उनले भने,‘मैले त पहिल्यै नै शङ्का गरेको थिएँ, उहाँहरूले देखाएको सपना पूरा हुने सकेन देखिएनन्, आजको बजेटले राम्रो सङ्केत गरेन, उहाँहरूलाई नोक्सान गर्छ ।’

सङ्घीयता कार्यान्वयनको चरणमा रहेकोले मुलुकको विकास तलबाटै हुनुपर्ने बताउँदै उनले भने,‘कुल १३ खर्बको बजेटबाट ४ खर्बमात्रै प्रदेशमा गएको छ, यो गम्भीर त्रुटि हो ।’

त्यस्तै उनले बजेटमा कुनै पनि प्रकारका आशाजनक नयाँ योजनाहरू नभएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले महत्त्वपूर्ण अवसर गुमाएको उनको गुनासो छ । उनले थपे, ‘यो सरकारले महत्त्वपूर्ण अवसर नै गुमायो, म सार्है दुःखिद् छु ।’ 

त्यस्तै उनले ५ लाख रोजगारी सिजर्ना हुने अवस्था नभएको पनि स्पष्ट पारे । कृषि क्षेत्रको लगानी अत्यन्तै कम भएको उनको आरोप छ । त्यस्तै शिक्षा क्षेत्रमा २० प्रतिशत हुनुपर्नेमा अहिले ७ देखि ८ प्रतिशत छुट्याईउनु दुःखद् भएको उनको आरोप छ । उनले प्रधानमन्त्री ओलीले आफैले देखाएको सपना आफै तुहाएको पनि आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू