अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

विवाह भएको २० वर्षपछि अलग भए अर्जुन र मेहर

बिआरटीनेपाल २०७५ जेठ १५ गते ९:४० मा प्रकाशित

बलिउड अभिनेता अर्जुन रामपाल र उनकी पत्नी मेहर विवाह भएको २० वर्षपछि अलग भएका छन् । दुवै जनाले आपसी सहमतिमा अलग हुने निर्णय गरेका हुन् ।

बम्बे टाइम्सलाई दिएको अन्तरर्वार्तामा अजुर्न र मेहरले आफूहरुले २० वर्षदेखि रहँदै आएको सम्बन्ध समाप्त गर्ने फैसला गरेको बताएका छन् । उनीहरुले वैवाहिक सम्बन्धको अन्त्य भएको घोषणा गर्दै भनेका छन्, ‘२० वर्षको यस सुन्दर यात्रालाई समाप्त गर्ने समय आएको छ । हामी दुवै असल साथी रहन्छौ र जब दुवैलाई आवश्यकथता महसुस हुन्छ तब फेरि साथ दिन्छौँ।’

१९९८ मा विवाह गरेका अर्जुन र मेहरका माहिका र मार्या गरी दुई छोरी छन् । आफूहरुको नाता तोडिए पनि परिवार र छोरीहरुको लागि आफू जहिले पनि साथ दिने अर्जुनले बताएका छन् ।

एक रिपोर्टका अनुसार अर्जुन र मेहरबीचको सम्बन्धमा खटपट अभिनेता ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानका कारण आएको पनि आरोप छ । सुजैन, अर्जुन र मेहर पहिले असल साथी थिए । ऋतिकसँग सुजैनको सम्बन्ध बिच्छेदपछि अर्जुन र उनको सम्बन्ध झन घनिष्ठ बनेको थियो । अजुर्नले मेहर भन्दा सुजैनको बढी ख्याल गर्न थालेपछि उनीहरुको सम्बन्धमा खटपट सुरु भएको बताइएको छ ।

प्रतिक्रिया