अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२ | Colorodo: 23:37

सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुन नसक्ने : सभापति देउवा

बिआरटीनेपाल २०७५ जेठ १५ गते ९:३५ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुन नसक्ने खालको भएको बताउनुभएको छ । 

अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷७६ को बजेटबारे  प्रतिक्रिया दिँदै काँग्रेसका सभापति शेरबहादुर देउवाले करको बोझ बढाएर उत्पादकत्व बढ्छ भन्ने कुरा सही नभएको बताउनु भयो।

सोही पार्टीका नेता डा मीनेन्द्र रिजालले बजेट सुन्दा दिउँसै सपना देखेको जस्तो लागेको बताउँदै सबै सरकारको हिस्सा जोड्दा बजेटको आकार ठूलो भएको, केन्द्र सरकारले उठाउने राजस्वबारे मात्रै उल्लेख भएर आएको तथा राजस्व संकलनको स्पष्ट मार्ग नदेखिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू