अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

ढुंगेलको रिहाइमा प्रमुख प्रतिपक्षको आपत्ति

बिआरटीनेपाल २०७५ जेठ १५ गते ९:१० मा प्रकाशित

प्रतिपक्षी दल नेपाली काँग्रेसले कारागारमा रहेका बालकृष्ण ढुङ्गेलको कैद माफी मिनाहाको निर्णय फिर्ता लिन संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घीय संसद्को आजको बैठक प्रारम्भमै काँग्रेसका सबै सांसद्हरु आफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले सांसद् गगन थापालाई बोल्न समय दिनुभएको थियो । सांसद् थापाले ढुङ्गेल व्यक्ति हत्याका आरोपमा सर्वोच्च अदालतबाट फैसला भई थुनामा परेका हुनाले सो मुद्दालाई सत्य निरूपण तथा मेलमिलाप आयोगको दायरामा ल्याएर हेर्न नमिल्ने जिकिर गर्नुभयो ।  

थापाले भन्नुभयो, “सरकारले ढुङ्गेलको चालचलन सुध्रिएको भनेर विगतमा राजाले माफी दिए झैँ माफी दिन वर्तमान प्रधानमन्त्रीले मिल्दैन निर्णय फिर्ता लिनुपर्छ भन्नु भयो । तत्कालीन नेकपा माओवादी केन्द्रका पूर्वसांसद् ढुङ्गेललाई गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि उहाँ आजै डिल्लीबजार कारागारबाट रिहा हुनुभएको थियो ।ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा ढुङ्गेललाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू