अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

बालकृष्ण ढुंगेलसहित ८१६ जना कैदी जेलमुक्त

बिआरटीनेपाल २०७५ जेठ १४ गते २१:२६ मा प्रकाशित

बालकृष्ण ढुंगेलले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएका छन् । द्वन्द्वकालिन मुद्दामा जेल सजाय भोगिरहेका उनी छुट्ने कारागार व्यवस्था विभागले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचलित कामनुन बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका तेम्बा शेर्पा सहित ८१६ जना कैदीलाई माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषदको सिफिारिस बमोजिम एघारौं गणतन्त्र दिवसको उपलक्ष्यमा उनीहरुलाई संविधानको धारा २७६ बमोजिम माफी भएको हो ।

कानुन अनुसार ४० प्रतिशत कैद अवधी पूरा भएका र असल चालचलन भएका कैदीलाई बाँकी कैदको सजाय माफी दिन सकिन्छ । सोही प्रक्रिया पूरा गरेर गृहमन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो ।

आइतवार साँझ बसेको बैठकले सजाय माफीको निर्णय राष्ट्रपति कार्यालयमा पठाएको थियो । अरु कैदी सरह वालकृष्ण ढुंगेलले पनि ४० प्रतिशत कैद अवधी भुक्तानी गरेका छन् ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेलले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए । शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो ।

ढुंगेललाई माफी दिन लागिएको बिरोधमा सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई जारी छ । अदालतले सोमवारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू