अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:११ | Colorodo: 21:26

नेपाली गायक राजले इण्डियन म्युजिक कम्पनीको लागि गीत गाउँने

प्रदिप कार्की, काठमाडौँ २०७५ जेठ १४ गते ११:४९ मा प्रकाशित

पछिल्लो समय भाइरल भइदियो गीत मार्फत चर्चामा आएका गायक मानस राजलाई इण्डियन म्युजिक कम्पनी विंग्स इन्टरटेन्मेन्टले २० लाख रुपैयाँमा एक एल्बमका लागि साइन गराएको छ ।

कम्पनीका चेयरम्यान प्रकाश रोहराले गायक मानससँग लिखित सम्झौता गरिसकेका छन् भने एल्बममा समावेश हुने चार गीतको काम लगभग फाइनल भइसकेको छ भने चार गीतको काम अझै बाकी छ । फेरी टेल्स नामक युट्युब च्यानललाई ६१ भाषामा सञ्चालन गरिरहेका प्रकाशले नेपालमा गीतसंगीतको बढ्दो लोकप्रियता देखेर नै आफ्नो रुचि बढेको बताएका छन् । 

पछिल्लो समय नेपाली गीतसंगीतले युट्युबमा सहजै करोड भ्युज क्रस गर्न थालेपछि आफ्नो टिम लगानीको लागि इच्छुक भएको प्रकाशले बताए । एल्बममा रोमान्टिक गीतहरू हुने मानसले बताएका छन् । केही गीतको भिडियो पनि छिटै नै छायाङ्कन गरिनेछ भने आउँदो अगस्टमा एल्बम लन्च गर्ने तयारी रहेको छ ।

विंग्स इन्टरटेन्मेन्ट :
यस विंग्स इन्टरटेन्मेन्टले चर्चित गायकहरू उदित नारायण झा, कुमार सानु, साधना सरगम, पूर्णिमा, बाबुले सुप्रियो, विपिन सचदेव, अमित कुमार, सुख्विंदर सिंह जस्ता गायकको एल्बम बजारमा ल्याइसकेको छ । उदितका एल्बमहरू लभ यु र लभ इज लाइफ, कुमार सानुको कहना तो है, साधनाको कोही तोह बात है, पूर्णिमाको दिल बोले पिया पिया लगायतका एल्बम तथा गीतलाई विंग्सले नै बजारमा ल्याएको थियो ।

बलिउड अभिनेता सहिद कपूरले चार म्युजिक भिडियो गरेका छन्, जस मध्य तीन विंग्सकै रहेको थियो । साथै केही धार्मिक भजनको एल्बम पनि यसले बजारमा ल्याएको छ । जसमा सुरेश वाडकर, अनुप जलोटा, अनुराधा पौडवाल , मनहर उदास, साधना सरगम, नितिन मुकेश लगायतले स्वर दिएका छन् । यसलाई विंग्सकै धार्मिक च्यानल भजन इन्डिया र साइ आशीर्वादमा हेर्न सकिन्छ । साथै यस कम्पनी मार्फत बलिउडका हिट फिल्महरू दोस्ती, टार्जन द वन्डरफुल कार, आउट अफ कन्ट्रोल, जिना सिर्फ मेरे लिए, अन्दाज, मेरे जीवन साथी लगायतका फिल्मको गीत पनि सार्वजनिक भइसकेका छन् , जसलाई दर्शक तथा श्रोताले निकै रुचाएका थिए ।

प्रकाश रोहरा: हामी फेरी टेल्स मार्फत नेपालमा आफूलाई भित्र्याएका थियौ । हामीले विश्कै महत्त्वपूर्ण भाषामा युट्युब च्यानल सञ्चालन गर्ने सोचका साथ अगाडी बढेपछि नेपाली च्यानलले पनि सञ्चालन गरेका थियौ । नेपालमा यसलाई रुचाईएपछी हामीले नेपाली कन्टेनलाई पनि अगाडी बढाएका थियौ । हामी नेपाली बाल गीतलाई पनि यस च्यानाल मार्फत ल्याउदैछौ ।

यही सिलसिलामा एल्बम गर्ने सोच पनि आयो र हामीले खोज गर्‍यौ । हामीले गरेको इन्टरनेट खोजबाट मानस राजजीलाई भेट्यौ, उनको गीत सङ्गीत लोकप्रिय छदैछ साथै उनीसँग काम गर्ने वातावरणमा पनि मिल्यो यसैले हामी सँगै काम गर्दै छौ । हाम्रो कम्पनीले उनो लोकप्रियता देखेर नै उनलाई २० लाखमा एक एल्बमको लागि साइन गरेका हौ । हामी हाम्रो च्यानल मार्फत नेपाली गीतसंगीतलाई पनि अगाडी बढाउँन चाहन्छौ । आउँदो अगस्टमा हामी नेपाली एल्बम लन्च गर्ने तयारीमा छौ ।

मानसको बारेमा:
सानै देखि लेखनमा रुचि रहेका मानस पछिल्लो समय भाइरल गायक रूपमा परिचित छन् । उनले आफ्नो यात्रा त गायकको रूपमा सुरुवात गर्न खोजेका थिए तर पहिलो गीत नै असफल भएपछि उनी रचनाकारको रूपमा अगाडी आए । उनले गरेका पचास बढी गीतहरूमा मोहन भुसाल, सनुप पौडेल, हेमन्त राना, काली प्रसाद बास्कोटा, अल्मोडा राना लगायतले स्वर दिईसकेका छन् । उनको रचना रहेको फिल्म रेसम फिलिलीमा समावेश ’पिरतीको छाता’ र फिल्म डायरीमा समावेश ’माया भन्ने चिज’ मा भने शब्द र सङ्गीत रहेको छ , जसलाई दर्शक तथा श्रोताले रुचाएका थिए ।

तर उनलाई परिचित भने ’भाइरल भइदियो’ ले गरायो । आफू लिखित गीत ’पिरतीको छाता’ भाइरल भैरहदा उनलाई त्यो शब्द फुर्‍यो र त्यसमै गीत बनाए । त्यसपछि नेपाली गीतसंगीतका पारखी माझ परिचित मानस अब भने विंग्सको काममा व्यस्त छन् । मानसले रचना मानसले रंगमञ्चमा दश वटा नाटकमा अभिनय समेत गरेका छन् ।

मानस भन्छन्: यसरी बाहिरको कम्पनीबाट अफर आउनु निकै खुसीको कुरा हो । मेरो बारेमा उहाहरुले बुझेर नै मलाइ सम्पर्क गर्नु भएको रहेछ । फोनमा कुराकानी भएपछि हामी काम गर्ने सहमतिमा पुग्यौ । उहाँसँग भेटघाट भयो । उहाँको सोचाइ र काम गर्ने उत्सुकता देखेर मलाइ पनि काम गर्ने जाँगर बढेर आयो । यसमा हामीले रिसर्च गरेर नै केही गीतलाई तयार गरेका छौ । यसमा डान्सीङ शैलीको सेलिब्रेसनल टाइपको गीतसंगीतहरु छन् । यस एल्बममा मेरै शब्द , सङ्गीत र स्वर रहेको छ ।

फोटो: आर्यन बिमली

सम्बन्धित सामग्रीहरू