अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

सांङ्केतिक भाषाको बृह्त शब्दकोष सार्वजनिक

बिआरटीनेपाल २०७५ जेठ १४ गते १८:२५ मा प्रकाशित

राष्ट्रिय बहिरा महासङ्घले सांङ्केतिक भाषाको बृहत् शब्दकोश,मोबाइल एप्लिकेशन,भिडियो डिभिडी एंब महासङ्घको वेभसाईट सार्वजनिक गरेको छ ।चार हजार पाँच सय शब्द समेटिएको सांङ्केतिक भाषाको बृहत् शब्दकोश हस्त आकारमा आधारित रहेको छ। यसै गरी मोबाइल एप्लिकेशनमा आधारित सांङ्केतिक भाषाको मोबाइल एप्स एन्ड्रोइड मोबाइल फोनमा उपलब्ध छ। यसै गरी सांङ्केतिक भाषाको भिडियो डिभिडीपनि निकालिएको छ। 

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आज काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच सांङ्केतिक भाषाको बृहत् शब्दकोश,मोबाइल एप्लिकेशन,भिडियो डिभिडी एंब महासङ्घको वेभसाईट सार्वजनिक गर्नु भयो। राष्ट्रिय जनगणना २०६८का अनुसार नेपालमा १ सय २३ वटा भाषा बोलचालमा रहेको र त्यो मध्ये साङ्केतिक भाषा पनि एक हो।

सांङ्केतिक भाषाको बृहत् शब्दकोश,मोबाइल एप्लिकेशन र भिडियो तथा डिभिडीले बहिराहरूको सूचनामा पहुँच विस्तार गर्न सहयोग पुर्‍याउने भन्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सपाङ्ता भएका व्यक्तिहरूले अपाङ्ता भएका व्यक्तिहरूको भावनालाई बुझ्न सक्नु पर्दछ भन्नु भयो। 

नेपालको संविधानले सबै क्षेत्रको प्रतिनिधित्वको सुनिश्चितता गरेको भन्दै उहाँले अपाङ्ता भएका व्यक्तिहरूको बृध्दि विकासमा  राज्यले थप लगानी गर्नु पर्छ भन्नु भयो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सुखी नेपाली ,संमृध्द नेपाल बनाउने लक्ष्यका साथ सरकार अगाडी बढी रहेको भन्दै यसका लागी सबै समुदायको विकास आवश्यक रहेको बताउनु भयो।

नेपालका लागी अष्ट्रेलियाका राजदूत पिटर वोडे र राष्ट्रिय बहिरा महासङ्घका अघ्यक्ष के पी अधिकारीले सांङ्केतिक भाषाको बृहत् शब्दकोश,मोबाइल एप्लिकेशन र भिडियो तथा डिभिडीको निर्माणबाट शिक्षामा पहुँच वस्तुमा सहयोग पुग्नुका साथै अविभाबकहरु सँगको दोहोरो सम्वादमा समेत सहजता ल्याउने बताउनु भयो।

सांङ्केतिक भाषाको बृहत् शब्दकोश,मोबाइल एप्लिकेशन र भिडियो तथा डिभिडी निर्माणमा अष्ट्रेलियन राजदूतावासले सहयोग गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू