अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपाल सहभागी हुने

बिआरटीनेपाल २०७५ जेठ १४ गते १०:५६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सङ्घीय समाजवादी फोरम नेपाल सहभागी हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी र सङ्घीय समाजवादी फोरम नेपालबिच आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई बुँदे सहमति भएपछि फोरम नेपाल सरकारमा सहभागी हुन लागेको हो । सहमति पत्रमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।

सहमति अनुसार सङ्घीय समाजवादी फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी संशोधन गरिने छ । सरकारद्वारा गर्न सकिने काम सरकारको नीति र कार्यक्रममा समावेश गरिने र उक्त कार्यहरू आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गरिने पनि सहमति भएको छ । उक्त सहमतिका आधारमा सङ्घीय समाजवादी फोरम सरकारमा सामेल हुने सहमतीपत्रको दोस्रो बुँदामा उल्लेख भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू