अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४६ | Colorodo: 12:01

गठबन्धका कारण कांग्रेसको पराजित: सहमहामन्त्री महत

बिआरटीनेपाल २०७५ जेठ १४ गते ६:१४ मा प्रकाशित

रसुवा ,प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेस पराजित हुनमा एमाले र माओवादी बिच भएको गठबन्धन नै मूल कारण भएको नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले बताए । 

नेपाल तरुणदल रसुवाले आइतबार धुन्चेमा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । पार्टी भित्ररहेको आन्तरिक गुटबन्दी पनि हो निर्वाचनमा काँग्रेस पराजित हुनमा महतले भने । अब पार्टी भित्र गुटबन्दी नहुने महतले बताए । उनले भने निर्वाचनमा काँग्रेस गरेको प्रचार शैली पनि फितलो भएको हो । कम्निष्टहरुलाई मत आउनुको कारण नै उनीहरूले गर्ने प्रचारप्रशार शैली हो महतले भने उनीहरूले गरेको तिल जात्रो कुरालाई पहाड जत्रो बनाएर प्रचारप्रशार गरे हामीहरूले पहाड जत्रो गरेको कामलाई तिल जत्रो हुने गरी पनि प्रचारप्रशार गर्न सक्नै त्यसैले हामी निर्वाचनमा पराजित भयौ । 

रसुवा बाट प्रतिनिधसभा सांसद मोहन आचार्यले  निर्वाचन मा तरुण दल ले खेलेको भूमिका को लागि धन्यवाद दिँदै जिल्लामा मा हुने गलत गतिविधिहरूलाई रोक्न तरुण हरू लाग्नु पर्ने बताउनु भयो ।

एक दिने प्रशिक्षण कार्यक्रममा पार्टी सभापति पेम्बा छिरिङ तामाङ, पूर्व सभापति लामाकार्पु तामाङ, नेपाली काँग्रेस रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य र प्रदेशसभा सदस्य प्रभात लामा, उतरगया गांउपालिका अध्यक्ष उपेन्द्र लम्साल, नैकुण्ड गांउपालिका अध्यक्ष नुर्बुसाङ्बो तामाङ, नेपाल तरुणदल पूर्व अध्यक्ष जनकजिवन उपाध्याय, राजु तितुङ लगायतका नेताहरूले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा जिल्ला भरिका करिब २ सय भन्दा बढी नेपाल तरुणदलका सदस्यहरू भेला भएको नेपाल तरुणदल रसुवाका अध्यक्ष डिलबहादुर मोक्तानले बताए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू