अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१७ | Colorodo: 10:32

फोरम-राजपा दुरी बढ्यो

बिआरटीनेपाल २०७५ जेठ १३ गते १९:१६ मा प्रकाशित

प्रदेश २ को सरकार गठबन्धनमा रहेका संघीइ समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा बीच दुरी बढेको छ । 

सरकारको नीति तथा कार्यक्रममा फोरमले समर्थन जनाएपछि यी दुई दलबीचको सम्बन्धमा चिसोपन आएको हो ।

फोरमले सरकारको नीति तथा कार्यक्रममा सविधान संशोधन मुद्धा नपरेको भन्दै संशोधन हालेको थियो ।

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालसँगको छलफलपछि फोरमले सशोधन फिर्ता लिएर नीति तथा कार्यक्रमलाई समर्थन गर्यो ।

संविधान संशोधनको एउटै मुद्धामा फोरम र राजपाले अलग अलग सशोधन हालेका थिए ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया