अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

नेकपा-फोरम गठबन्धन बन्ने संकेत

बिआरटीनेपाल २०७५ जेठ १३ गते १९:१३ मा प्रकाशित

संविधान संशोधनका विषयमा सत्तारुढा दल नेपाल कम्युनिष्ट पार्टी सकारात्मक भएपछि संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा सहभागी हुने र प्रदेश २ मा सत्ता गठबन्धन फेरबदल हुने सम्भावना बढेको छ । 

केन्द्रिय सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रमलाई फोरमले समर्थन गरेको छ ।

प्रदेश २ मा भने नेकपाले फोरम नेतृत्वको सरकारुलाई दिएको समर्थन फिर्ता लिएको छ ।

केन्द्र र प्रदेशमा दुई फरकखाले दृश्य देखिए पनि दुवै घटनाक्रम नेकपा र फोरमको गठबन्धनसहित केन्द्र एवंम प्रादेशिक सरकार बनाउने उदेश्यबाट निर्देशित छन् ।

फोरमका वरिष्ठ नेता अशोक राईले सत्तारुढ दल नेकपासँग आईतबार बिहान भएको छलफलपछि सरकारमा जाने सम्भावना बढेको बताए ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू