अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 00:45

अख्तियारले सापकोटालाई रु १० हजार घुससहित पक्राउ

बिआरटीनेपाल २०७५ जेठ १३ गते ११:५८ मा प्रकाशित

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायव सुब्बा जुनेश सापकोटालाई रु १० हजार घुससहित पक्राउ गरिएको छ ।

आयोगका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार एक एजेन्सी नवीकरणका क्रममा नायबसुब्बा सापकोटाले सेवाग्राहीसँग घुस माग्दामाग्दै आयोगको टोलीले कार्यालय परिसरबाटै पक्राउ गरेको हो । आरोपी सापकोटाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यस्तै आयोगले यातायात व्यवस्था कार्यालय महाकालीका तत्कालीन निमित्त कार्यालय प्रमुख हेमन्तबहादुर सिंहसमेत १० जनाविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लिलाम सवारी साधन दर्ता गर्ने क्रममा व्यापारीसँगको मिलेमतोमा निमित्त कार्यालय प्रमुख सिंह, मेकानिकल इन्जिनियर दीपक थापा, नायव सुब्बा नरेन्द्रराज जोशी, महादेव भट्ट, तारादत्त भट्ट, केशवदत्त बडू, खरिदार श्यामकृष्ण ओझा, सवारी कारोबारी गोकुलप्रसाद श्रेष्ठ, दिनेश बम, करण भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

प्रतिक्रिया