अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 05:44

प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगिता आजबाट शुरु

बिआरटीनेपाल २०७५ जेठ १३ गते १०:०७ मा प्रकाशित

प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगिता आजबाट शुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद राखेपले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा आज विभागीय टोली एपिएफ र प्रदेश नं ४ बीच प्रतिस्पर्धा भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद मन्त्री जगदबहादुर सुनारले खेलाडीहरुले उत्कृष्ट प्रदशन गर्ने वातावरण तयार पार्न पुर्वाधार निर्माणका लागि सरकारले बजेट ल्याउने बताउनुभयो । अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण, खेलाडीहरुको स्वास्थ्य बिमा ,दुर्घटना बिमा गर्ने लगायतका काम सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।

२७ गते सम्म सञ्चालन भएको प्रतियोगितामा तिन विभागिय टिम र सात वटै प्रदेशबाट सात टिमको सहभागिता रहने छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख हात पार्नेछन् । यस्तै म्यान अफ द सिरिजले रु एक लाख र विधागत उत्कृष्ट हुनेले जनही रु ५० हजार पाउने छन् ।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू