अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

हप्तामा दूई दिन काठमाण्डौबाट भारतको वाणारसीसम्मको नियमित उडान

बिआरटीनेपाल २०७५ जेठ १३ गते १०:०३ मा प्रकाशित

बुद्ध एयरले आगामी असार १५ गते बाट हप्तामा दुई दिन काठमाण्डौबाट भारतको वाणारसीसम्मको नियमित उडान गर्ने भएको छ। बुद्ध एयरद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले अहिले महिनामा ५ देखी ७ उडान गरिरहेकोमा अब आगामी असार १५ गते बाट हप्तामा दुई दिन काठमाडौँ वाणारसीको नियमित उडान गर्ने जानकारी दिनु भयो।

बुद्ध एयरले ४ वर्ष अधि देखी काठमाडौँ वाणारसीको उडान गर्दै आएको छ। बुद्ध एयरको काठमाडौँ वाणारसीको उडानबाट नेपालीहरूलाई भारतको प्राचीन सहर वाणारसी सम्मको पहुँच सहजहुनुका साथै भारतीय पर्यटकहरूलाई पशुपतिनाथको दर्शनकालागी आर्कषित गर्न सकिने हुँदा यसले नेपालको पर्यटन प्रर्बधनमा सहयोग पुग्ने बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले बताउनु भयो।

अनुमति पाएको खण्डमा छिट्टैनै बुद्ध एयरले नेपालगन्ज नयाँ दिल्ली बिच सिधा हवाई उडान संञ्चालन गर्ने तयारीमा रहेको भन्दै उहाँले नेपालगन्जबाट नयाँ दिल्लीका लागी दैनिक तिनबाट उडान संञ्चालन गर्नकालागी अनुमति मागिएको बताउनु भयो ।

प्रतिक्रिया