अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१५ | Colorodo: 21:30

युनाईटेड नेप्लिज एसोसीएसन् (युएनएन) को तेस्रो सम्मेलनको पहिलो दिन सम्पन्न

विजय थापा/कृष्ण केसी, टेक्सस २०७५ जेठ १३ गते ९:४५ मा प्रकाशित

युनाईटेड नेप्लिज एसोसीएसन् (युएनएन) को तेस्रो सम्मेलनको पहिलो दिन सम्पन्न भएको छ । मे २६-२७ तारिखमा हुने उक्त सम्मेलनमा विशेष गरी दिन भरि खेलकुद कार्यक्रमको आयोजना गराइएको थियो ।

आज पनि बाकी रहेका खेलहरू गराइने छन् भने उनीहरूलाई आझ साँझ विशेष पुरस्कार वितरण तथा विजेता टोलीको घोषणा गरिने छ । उक्त सम्मेलनको लागि अस्ट्रेलियाबाट गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रियका निवर्तमान अध्यक्ष शेष घले तथा वहाँकी जीवन सङ्गिनी तथा संघकि निवर्तमान अन्तर्राष्ट्रिय सदस्य जमुना गुरुङ घले समेत आउनु भएको छ । आज हुने सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट आउनु भएकी लोकप्रिय गायिका अन्जु पन्तको विशेष प्रस्तुति हुनेछ । यसको साथै स्थानीय कलाकारहरूले पनि प्रस्तुति गर्ने छन ।

यसको साथै न्युयोर्कबाट गम्बु शेर्पाले पनि नचाउने र माहौल तताउने छन् । यसको साथै अमेरिकाका विभिन्न राज्यहरूबाट सहभागी जनाउन अतिथिहरू आएका छन् । पहिलो दिन स्थानीय विभिन्न सङ्घ संस्थाका नेतृत्व तथा व्यक्तित्वले युएनएले युवाहरूलाई समेटेकोमा प्रशंसा गरेका छन् ।

साथै नेपाली नेपाली बिच एकता कायम र युएनए सम्मेलनको लागि शुभ कामना दिए । पहिलो दिनको समापनमा युएनएका अध्यक्ष पासांग लामाले सबैलाई स्वागत गरेका थिए । यसै गरी प्रमुख अतिथिको रूपमा अस्ट्रेलियाबाट आउनु भएका एनआरएनए अन्तर्राष्ट्रियका निवर्तमान अध्यक्ष शेष घलेले सन् २०१४ मा एनआरएनको विशेष उद्धेश्य लिएर आएको बताउनु भयो । सन् २०१८ यस पटकको सम्मेलनमा युएनए सम्मेलनमा भाग लिन मात्र जीवन सङ्गिनीसँग आएको बताउनु भयो ।

वहाँले अगाडी थप्दै यस पटक आनन्द लिई रहेको बताउनु भयो ।  टेक्सस दोस्रो पटकको भ्रमण रहेको बताउँदै युएनएका अध्यक्ष पासांग लामालाई बधाई साथै राम्रो काम गरी रहेकोमा बधाई दिनु भएको थियो । नेपाली समाज टेक्सस (एनएसटि )का अध्यक्ष सुमन थापा लगायत सम्मेलनका समितिका पदाधिकारीले छोटो मन्तव्य राखेका थिए । 

प्रतिक्रिया