अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

अविरल विसीको ‘दाह्रा झार्नु पर्छ’ युटुबमा सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७५ जेठ १२ गते १९:३६ मा प्रकाशित

नवगायक अविरल विसीको फरक शैलीको लोकदोहरी गीत ‘दाह्रा झार्नु पर्छ’ युटुबमा सार्वजकि भएको छ । यस अघि धर्तीमा जुनले बोलको गित बजारमा ल्याएका विसीको यो दोस्रो सांगितिक कोसेली हो ।

पैसा र पावरले माया पाउन सकिँदैन, माया पाउनलाई मन जित्नु पर्छ भन्ने भाव गितमा समेटिएको छ । डडेल्धुरा घर भई काठमाण्डौंलाई कर्मथलो बनाएर विगत केही वर्षदेखि गीत संगितको क्षेत्रमा संघर्ष गरिरहेका विसीको यो गित दाहोरी गीतका पारखीहरुका लागि फरक स्वादमा प्रस्तुत गरिएको छ । फोरयस मिडिया एण्ड शिव फिल्मस प्रा.लिले निर्माण गर्न लागेको गितमा विवेक विकको छायांकनरनिर्देशन छ भने गितको कोरियोग्राफी जेम्स विसीले गरेका हुन् ।

गायक अविरल विसीले कोरेका शब्दमा खेम सेन्चुरीले लय भरेका छन् । अविरल विसी र सम्झाना भण्डारीको स्वर रहेको गितमा सरिश्मा राम्जाली मगर र दामोदर सापकोटाको अभिनय रहेको छ ।

प्रतिक्रिया