अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न

बिआरटीनेपाल २०७५ जेठ १२ गते १९:२६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा आइतबारदेखि सुरु हुन लागेको प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको छ ।

प्रतियोगिताको व्यवस्थापनको जिम्मा पाएको नेपालयले तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा पहिलो पटक सातै प्रदेशका टिमलाई सहभागी गराईएको छ । प्रदेश टिमसँगै ३ विभागीय टिमको पनि सहभागिता छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले प्रादेशिक संरचनामा पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगिताले ऐतिहासिक महत्व राख्ने प्रतिक्रिया दिनुभएको छ ।

उद्घाटन खेलमा आइतबार कीर्तिपुर मैदानमा विभागीय टोली एपीएफ र प्रदेश नम्बर ४ आमने सामने हुने छन् । आइतबारनै मूलपानी मैदानमा हुने खेलमा समूह बी का प्रदेश नम्बर ६(कर्णाली) र प्रदेश नम्बर ७ बीच प्रतिष्पर्धा हुने छ ।

आगामी २९ गते सम्म चल्ने प्रतियोगिताको विजेताले २० लाख जित्ने छ भने उप विजेताले १० लाख रुपैयाँ हात पार्ने छ । यस्तै म्यान अफ दी सिरिजले १ लाख रुपैयाँ, उत्कृष्ट व्याट्सम्यान र बलरले ५०–५० हजार रुपैयाँ पाउनेछन् । एक जना उदयीमान खेलाडीले १५ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याचले १०–१० हजार पुरस्कार पाउने छन् ।

प्रतिक्रिया