अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 14:16

ट्रेसमी फेसन रन–वेमा दलजितका क्रियशन

कुवेर गिरी, काठमाडौँ २०७५ जेठ १२ गते १४:५१ मा प्रकाशित

ताहाचलस्थित पाँचतारे होटेल ‘सोल्टी क्राउन प्लाजा’ शुक्रवार फेसन हब बन्यो । साँझ ढल्दैगर्दा फेसन पारखीहरु तिल्मिदै थिए । जहाँ छिपिँदो रातलाई अन्तर्राष्ट्रियस्तरको ‘फेसन सो’ले स्वागत गर्दैथियो । छिनभरमै म्युजिक, फेसन र सेलिबे्रटीको भीडले माहौल रंगीन बन्यो ।

‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन सो–२०१८’नाम दिइएको उक्त अन्तर्राष्ट्रियस्तरको फेसन सोमा दुई दर्जन व्यावसायिक मोडल तथा कलाकार रन–वे नाप्न तयार हुँदैथिए । एकातिर लबीमा भने फेसन पारखीहरु कक्टेलमा रमाउँन थालिसकेका थिए । बियर र ह्विस्कीको ‘फेसन कन्ट्रास्ट’ गज्जबको देखिन्थ्यो ।

साँझको ८ बज्नै लाग्दा ‘इन्स्टुमेन्टल म्युजिक’को तालमा १९२ फिट लामो युसेफ र्याम्पमा मोडलहरू एक–एक गरी बिरालो चालमा निस्किए । स्टेज परम्परागत भन्दा केही भिन्न थियो । त्यसैले मोडलहरूको बिरालो हिँडाइ हेर्न घाँटी तन्काउनु पर्दथ्यो । तन्किदै दर्शकले उनीहरूलाई तालीले हौसला दिएका थिए । एकपछि अर्को गरी मोडलहरूले ३ ‘सिक्वेन्स’मा विभिन्न आकर्षक पहिरनहरू भएका थिए ।

नेक्स्ट मोडल नेपालको इभेन्ट व्यवस्थापनमा आयोजना भएको ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन २०१८’को उद्देश्य नेपाली कपडाको प्रवर्द्धन तथा नेपाली पहिरनलाई विश्वसामु पु¥याउन हो । फेसन सो अहिले सम्मकै उत्कृष्ट भएको इभेन्ट व्यवस्थापन नेक्स्ट मोडल नेपालकी यातना पाण्डेले बताइन् ।

१६ महिला र ८ पुरुष गरी २४ मोडल र्याम्पमा उत्रिएका थिए । जसमा नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, विवेक खड्का लगायत नेपालकै टप तथा व्यवसायी उत्कृष्ट २४ मोडल मोडलिङ क्षेत्रमा कहलिएका नामहरू थिए ।

दलजित सुदान, जो एक अन्तर्राष्ट्रियस्तरमा चिनिएका फेसन डिजाइनर हुन् । शुक्रवार साँझ उनै दलजितको एकल क्रियशन प्रस्तुत गरिएको थियो । डिजाइनर दलजित सुदानले ‘म्याजिक अफ जफ्रान’ थिममा तयार पारेका डिजाइनहरू निकै आर्कषक देखिन्थे । थुप्रै फेसन सो मार्फत आफ्ना डिजाइनहरू प्रस्तुत गरिसकेकी सुदानको नेपालका लागि यो पहिलो एकल सो थियो ।

प्रतिक्रिया