अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

पत्रकार आचार्यको दोस्रो नेपाली चलचित्र ‘सुश्री सम्पत्ति’ भाद्र २२ मा रिलिज हुने

बिआरटीनेपाल २०७५ जेठ १२ गते १४:२५ मा प्रकाशित

रङ पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भइरहेको दोस्रो फिल्म ‘सुश्री सम्पत्ति’ आउँदो भाद्र २२ मा रिलिज हुने भएको छ । वितरकसँगको छलफलपछि रिलिज डेट तय गरिएको निर्माण पक्षले जनाएको छ । सार्वजनिक पोष्टरलाई टौवा क्रिएसनले तयार गरेको हो । पोष्टरमा फिल्मका तिन पात्र सलोन बस्नेत सारा सिर्पाली र विनोद न्यौपाने प्रस्तुत छन् । फिल्मले एक युवतीको कथा पेस गर्छ जसमा उनी सम्पन्न हुन्छिन । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।

फिल्ममा सुरेश अधिकारीको शब्द र सङ्गीत रहने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायाङ्कन रहेको छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यु निरवी र निर्देशक आचार्यको डाइलग रहने फिल्मको स्क्रिनप्ले अभिमन्युकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

सुव्रत आचार्य ( हामीले वितरकसँगको छलफलपछि रिलिज डेट तय गरेका छौ । फिल्मले एक युवतीको कथा पेस गर्छ जसमा उनी सम्पन्न हुन्छिन । फिल्म कमेडी छ तर सँगसँगै सोसल विषयवस्तु पनि छ । फस्ट लुकमा हामीले केही पात्रलाई र रिलिज डेट सार्वजनिक गरेका छौ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू