अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०२ | Colorodo: 12:17

यस बर्षको टुरिजम म्यान अफ दी ईयर अवार्ड पर्यटन उधमी प्रतिष्ठा अमात्यलाई

बिआरटीनेपाल २०७५ जेठ १२ गते ९:३५ मा प्रकाशित

गन्तव्य नेपाल ग्रुपले प्रदान गर्ने टुरिजम म्यान अफ दि ईयर अवार्ड–२०१८ “बुद्ध बाज बर्न इन नेपाल” अभियान मार्फत गिनिज बुकमा नाम लेखाउन पहल गरेबापत प्रतिष्ठा अमात्यलाई प्रदान गरिएको छ । नेपाली चुल्हो तथा नर्थफिल्ड होटेलकी कार्यकारी निर्देशक अमात्य पर्यटन व्यवसायका साथै अन्य विभिन्न सामाजिक गतिविधिमा सक्रिय छिन ।

प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले सो अवार्ड प्रदान गरे । त्यसै गरी योङ्ग टुरिजम पर्सनालिटी अवार्ड–२०१८ बाट युवा समाजसेवी तथा होटेल प्लेजर होमका प्रबन्ध निर्देशक दामोदर ढकाललाई प्रदान गरिएको थियो ।कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले देशको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण भएकोले सभामुखको हैसियतले नेपालको पर्यटन क्षेत्रको विकासका लागी आफ्नो सम्पूर्ण सहयोग रहने बताए ।

त्यसका लागी सरकारलाई आवश्यक दबाब दिन महराले निजी क्षेत्रलाई आग्रह गरे । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालमा पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको बताउँदै देश भित्रै आन्तरिक पर्यटनको विकास गर्नु आवश्यक रहेको बताए । “नेपालमा हिमाली र पहाडी क्षेत्रका जनतालाई तराईका पर्यटकीय गन्तव्यमा र तराईका जनतालाई पहाड र हिमालका पर्यटकीय गन्तव्यमा आकर्षित गर्न सके नेपालमा पर्यटन क्षेत्रको विकास हुन्छ”–निधिले भने ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू