अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४४ | Colorodo: 02:59

मुलुकको समृद्धिलाई कसैले रोक्न सक्दैन: रक्षामन्त्री पोखरेल

बिआरटीनेपाल २०७५ जेठ १२ गते ९:१८ मा प्रकाशित

रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको समृद्धिलाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ स्थित तेलकोटमा ३ नं. प्रदेशका प्रदेशसभा सदस्य स्वर्गीय हरिशरण लामिछानेको १३ दिनको पूण्यतिथिमा आज आयोजित श्रद्धाञ्जलिसभा कार्यक्रममा उहाँले मुलुक अब समृद्धि, विकास र प्रगतिपथमा लम्किएको बताउँदै अब कसैगरी पनि आगामी पाँच वर्षभित्र सरकारले देशलाई समृद्ध बनाउने बताउनुभयो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिचको एकीकरणबाट नेपाल कम्युनिस्ट पार्टी बन्नुले समृद्धिकै सङ्केत गरेको चर्चा गर्दै रक्षामन्त्री पोखरेलले यस्तो अवस्थामा पनि मुलुकलाई समृद्ध नबनाए जनताले माफी नदिने बताउनुभयो ।

निरन्तररुपमा निष्ठावान, आदर्श विचार र सिद्धान्तमा लाग्ने व्यक्ति मात्रै सच्चा कम्युनिस्ट हुने दाबी गर्दै उहाँले सच्चा कम्युनिष्टका रूपमा रहनुभएका लामिछानेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले लामिछानेको सच्चा र आदर्श जीवनको चर्चा गर्दै उहाँले अवलम्बन गरेको बाटोमा हिड्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू