अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

बजेटमा करका दरहरुमा ब्यापक हेरेफेर गरिदैं, हेर्नुहोस के केमा बढदैं कर ?

बिआरटीनेपाल २०७५ जेठ १२ गते ०:१८ मा प्रकाशित

सरकारले आगामी वर्षमा लक्ष्य अनुसारको राजस्व सङ्कलनका लागि करका दरहरूमा व्यापक हेरफेर गर्दै छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी मङ्गलवार संसद्मा प्रस्तुत गर्ने आगामी वर्षको आय व्यायको विवरण अर्थात् बजेटमा करका दरहरूमा ठुलो परिवर्तनको तयारी गरेका छन् । जसले गर्दा चालु आर्थिक वर्षको लागि पनि लक्ष्य अनुसारको राजस्व सङ्कलनमा सहयोग पुग्छ ।  चालु आर्थिक वर्षको बजेट सञ्चालनमा स्रोत व्यवस्थापनको लागि लक्ष्य अनुसारको राजस्व सङ्कलन नभएपछि  अर्थमन्त्री खतिवडाले  राजस्वको लक्ष्य पुरा गर्नको लागि यसका दरमा परिवर्तन गर्ने तयारी गरेका हुन ।

कुन कुन सेवा र वस्तुमा बढाइदैं छ कर  ?
खास गरी अटोमोबाइल्स लगायत बिलासी सामानमा अन्तःशुल्कको दरमा परिवर्तन हुने तयारी छ । यस्तै बजेट मार्फत यो पटक गैरकर राजस्वका दरहरूमा ठुलो परिवर्तन गर्ने तयारी सरकारको छ । अघिल्लो महिनासम्म करको लक्ष्यलाई गैरकर राजस्व बढ्दा सहज भएको थियो । खास गरी जग्गाको रजिष्ट्रेशन,गाडी तथा मोटरसाइकलमा नविकरणमा लाग्ने शुल्कमा वृद्धि गर्ने तयारी अर्थमन्त्रालयको  छ ।  प्रत्यक्ष करका दर परिवर्तन हुँदा सिधै उपभोक्तालाई थप आर्थिक भार पर्नेछ ।

यसका साथै मदिरा चुरोट जस्ता स्वाथ्यलाई असर पुर्‍याउने महँगा सामाग्रीको उत्पादनमा कर बढाउने सकारको तयारी  छ । यस्ता बस्तुहरूमा प्रायजसो हरेक आर्थिक वर्षमा करका दर बढाउँदै लैजाने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ । हरेक वर्ष जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार आगामी मङ्गलवार अर्थमन्त्री खतिवडाले संसद्मा आगामी आर्थिक वर्ष ०७५ । ०७६ का लागि बजेट प्रस्तुत गर्दै हुनुहुन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू