अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०५ | Colorodo: 10:20

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

बिआरटीनेपाल २०७५ जेठ १२ गते ०:०७ मा प्रकाशित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीको नागरिकताको व्यवस्था गर्न कानून निर्माण गरी लागू गर्नुपर्ने बताउनुभएको छ।

गैरआवासीय नेपालाी संघको प्रतिनिधिमण्डलसँग शुक्रबार आफ्नै कार्यकक्षमा छलफल गर्दै उहाँले गैरआवासीय नेपाली नागरिकलाई मुलुकको विकासमा सहभागी गराउन आफूले प्रयास गर्ने बताउनुभयो । संघका अध्यक्ष भवन भट्टको नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको निर्माणको अभियानमा होमिएका गैरआवासीय नेपालीलाई नेपालको विकासमा साझेदारका रुपमा सहभागी गराउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू