अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४१ | Colorodo: 12:56

ट्वीटरका कारण ट्रम्प विवादमा, यस्तो आयो अदालतको आदेश

बिआरटीनेपाल २०७५ जेठ ११ गते २३:५८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जालमा निकै सक्रिय हुन्छन् । त्यसैले उनलाई सामाजिक सञ्जालमा पछ्याउनेहरु धेरै छन् । तर ट्रम्पले टिइटरमा रहेका केही फलोअर्सलाई ब्लक गरेपछि विवादित बनेका छन् । उनलाई ट्वीटर प्रयोगकर्तालाई ब्लक नगर्न न्यायाधीशले आदेश दिएका हुन् । राष्ट्रपति ट्रम्पले सात ट्वीटर प्रयोगकर्तालाई ब्लक गरेसँगै उनीहरूको तर्फबाट दी नाइट फस्ट अमेन्डमेन्ट इन्ष्टिच्यूटले अदालतमा मुद्दा दर्ता गराएको थियो ।

अभिव्यक्ति स्वतन्त्रतामाथि ट्रम्प र ह्वाइट हाउसले लगाम लगाएको भन्दै दायर मुद्दामा अदालतले यस्तो आदेश दिएको हो । विचारकै आधारमा ब्लक गर्नु नाजायज भएको भन्दै एक न्यायाधिशले ट्रम्पको आलोचनासमेत गरे । जिल्ला अदालतका न्यायाधीश नामी राइस बुचवाल्डले ट्रम्पको एकाउन्टलाई ब्लक गर्ने पहुँच दिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको उल्लङ्घन हुने तर्क गरेका छन् ।

‘सामाजिक सञ्जाल जनताको मञ्चको रूपमा अनुमोदित भएको छ । त्यसैले सम्पूर्ण अमेरिकी नागरिकलाई आफ्ना विचारहरू व्यक्त गर्न स्वतन्त्र छाडिदेऊ’, न्यायाधीशले ट्रम्पलाई आदेश दिँदै भनेका छन् । ट्रम्प र ह्वाइट हाउस प्रशासनले भने न्यायाधीशको आदेशपछि मौन रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू