अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

आइपिएल फाइनलमा सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिङ्सबीच भिडन्त पक्का

बिआरटीनेपाल २०७५ जेठ ११ गते २३:४६ मा प्रकाशित

इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा सनराइजर्स हैदरावाद र चेन्नाई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार राति भएको खेलमा सनराइजर्सले कोलकता नाइट राइडर्सलाई पराजित गरेर फाइनमा पुगेपछि दुई टिमबीचको भिडन्त पक्का भएको हो ।

यस अघि पहिलो क्वालिफायरमा सनराइजर्सलाई नै पराजित गर्दै चेन्नई फाइनलमा पुगेको हो । चेन्नईसँग पराजित भए पनि अन्तिम मौकाको सदुपयोग गर्दै सनराइजर्स पुनः फाइनलमा पुग्न सफल भएको हो । गएराति भएको खेलमा कोलकातालाई १३ रनले हराउँदै हैदरावादले उपाधिका लागि चेन्नाई सुपरकिंग्ससँगको भिडन्त पक्का गरेको हो । आईपीएलको ११ औं संस्करणको फाइनल भिडन्त आइतबार हुने छ ।

 

प्रतिक्रिया