अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 17:21

गायिका तथा संचारकर्मी अनिता चलाउनेको नयाँ गीत इन्ट्री मार्यो मायाले सार्वजनिक

बिआरटीनेपाल २०७५ जेठ ११ गते २३:२२ मा प्रकाशित

काठमाडोँ । चर्चित गायिका तथा सञ्चारकर्मी अनिता चलाउनेको नयाँ गीत इन्ट्री मार्‍यो मायाले सार्वजनिक गरिएको छ । निकै नै मेहेनत गरी निर्माण गरिएको गीतको भिडियोमा गायक तथा चर्चित मोडेल रामजी खाँण र मोडेल रुबिना अधिकारीले दमदार अभिनय गरेका छन् ।जसमा शब्द घनश्याम रिजाल र सङ्गीत भने रामजी खाँणको रहेको छ ।

करिब ५० जना कोरसले अभिनय गरिएको फिल्मी शैलीमा निर्माण गरिएको म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । जसको छायाङ्कन दुर्गा पौड्यालले गरेका हुन् । एकता फिल्म्स प्रा लीले दृश्य निर्माण रहेको उक्त भिडियोलाई चर्चित सम्पादक नवीन घर्ति मगरले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया