अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३२ | Colorodo: 21:47

गैर आवासीय नेपालीलाई नागरिकता मिलाउन कानुन निर्माण गर्नुपर्ने

बिआरटीनेपाल २०७५ जेठ ११ गते २०:०७ मा प्रकाशित

काठमाडौँ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख भएको गैर आवासीय नेपालीको नागरिकताको व्यवस्था गर्न कानुन निर्माण गरी लागू गर्नुपर्ने बताउनुभएको छ ।

गैर आवासीय नेपालाी सङ्घको प्रतिनिधिमण्डलसँग शुक्रवार आफ्नै कार्यकक्षमा छलफल गर्दै उहाँले गैर आवासीय नेपाली नागरिकलाई मुलुकको विकासमा सहभागी गराउन आफूले प्रयास गर्ने बताउनुभयो । सङ्घका अध्यक्ष भवन भट्टको नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको निर्माणको अभियानमा होमिएका गैर आवासीय नेपालीलाई नेपालको विकासमा साझेदारका रूपमा सहभागी गराउन आग्रह गर्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू