अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

फुटबल मैदान निर्माणका लागि एएफसीले एन्फालाई १३ लाख अमेरिकी डलर सहयोग दिने

बिआरटीनेपाल २०७५ जेठ ११ गते १९:३४ मा प्रकाशित

काठमाडाैँ । एसियाली फुटबल महासंघ एएफसीले फुटबल मैदान निर्माणका लागि अखिल नेपाल फुटबल संघ एन्फालाई १३ लाख अमेरिकी डलर दिने भएको छ ।

एएफसी पदाधिकारी र अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरुबीच १३ लाख अमेरिकी डलर दिने समझदारी भएको हो । उक्त रकम फुटबल मैदान निर्माणका लागि दिइनेछ । एएफसीसँगको सम्झौतामा नेपालका तर्फबाट महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेका छन् । सो रकमले एन्फाले सातदोबाटोको मैदानमा फ्रडलाईट र प्याराफिट बनाउनेछ ।

नेपालमा हुने फुटलब प्रतियोगिताका लागि एकमात्र विकल्पका रुपमा रहेको सातदोबाटो मैदानमा हाल पाँच हजार क्षमताको प्याराफिट रहेको छ । अब यसलाई बढाइने भएको छ । दशरथ रंगशाला भूकम्पका कारण खेल्न योग्य नभएपछि सातदोबाटोको मैदान नै प्रयोग हुदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू