अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

विदेशमा बसेर नेपाललाई गाली होइन लगानी गर्न परराष्ट्र मन्त्री ज्ञवालीको आग्रह

बिआरटीनेपाल २०७५ जेठ ११ गते १८:४७ मा प्रकाशित

टेक्सस, परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विदेशमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न उचित समय आएको बताउनुभएको छ । वर्तमान सरकारले देश निर्माणको अभियानमा लागेकोले विदेशमा रहेका नेपालीले अहिले मातृभूमिमा लगानी गर्न उत्तम समय रहेको तर अबको दश वर्ष पछाडिदेशमा सानो लागनिको महत्त्व कम हुन सक्ने मन्त्री ज्ञवालीको तर्क छ । टेलिभिजन कार्यक्रम यु स्टाट अगेनका लागि परराष्ट्र मन्त्रालयमा विशेष कुरा गर्दै मन्त्री ज्ञवालीले विदेशमा बसेर नेपालीहरू केही जान्दैन भन्ने अहम् पाल्नु भन्दा पनि नेपालमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने भावनाल्याउन सबैमा आग्रह समेत गरेका छन् ।

कार्यक्रमको पूर्ण भिडियो हेर्न यंहा क्लिक गर्नुहोस्

सरकारले विदेशमा रहेका नेपालीहरूको भावनालाई सदैव कदर गर्ने बताउदैं मन्त्री ज्ञवालीले विदेशमा रहेका सबै नेपालीहरूले आफूलाई देशको दूत सम्झेर काम गर्न समेत आग्रह गरेका छन् । आफ्नो पालामा पहिला जस्तो सम्बन्धित देश र क्षेत्रको ज्ञाननभएका व्यक्तिहरू राजदूत बन्न नसक्ने बताउँदै मन्त्री ज्ञवालीले महावाणिज्य दूतावासको स्थापना र अवैतानिक दूतहरूको नियुक्तिका बारेमा पनि कार्यक्रममा खुलेर कुरा गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा अड्कीरहेको एनआरएनए विधान, गैर आवासीय नेपालीहरूले पाउने नागरिकता सम्बन्धीकानुन, नेपालको भारत र चीनसँगको सम्बन्ध, विदेशमा रहेका नियोगहरूले उपयुक्त तरिकाले काम गर्न नसकेको विषय लगायतका विषयहरूलाई कार्यक्रम यु स्टाट अगेनमा प्रश्नको रूपमा प्रस्तोता सूर्य थापाले मन्त्री ज्ञवालीलाई सोधेका छन् । कतिपय नेपालीहरू विदेशमा पुगेर नेपाल खत्तम भयोर नेपालीहरू केही जान्दैन जस्तो भाव बोकेर गाली गरेको पनि आफूले सुन्ने गरेको बताउँदै मन्त्री ज्ञवालीले विदेशमा बसेर नेपाललाई गाली होइन लगानी गर्न आग्रह समेत गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू