अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३७ | Colorodo: 02:52

रणवीर र दीपिकाको जुर्यो बिहेको साइत

बिआरटीनेपाल २०७५ जेठ ११ गते १०:१९ मा प्रकाशित

एजेन्सी, बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको मिति लगभग निश्चित भएको छ । दैनिक भास्करका अनुसार यसै वर्षको १९ नोभेम्बरमा मुम्बईमा बिहे हुने भएको हो ।

ज्योतिषीलाई हेराएर दीपिकाको परिवारले यो मिति तय गरिएको बताइएको छ । उनीहरूले एक साउथ इन्डियन ज्योतिषीलाई ग्रह नक्षेत्र हेराएका थिए । निर्धारित तिथिको बारेमा रणवीरको परिवारलाई पनि जानकारी गराइएको छ । उनीहरू पनि यसमा सहमत भएका छन् ।

दीपिका र रणवीरको बिहे साउथ इन्डियन स्टाइलमा हुने अनुमान गरिएको छ । यसका लागि रणबीरल पारम्परिक मुन्डु पोसाक लगाउने छन् । दीपकाको बेहुली पोसाक भने बलिउडका फेमस डिजाइनर सब्यसाची मुखर्जीले डिजाइन गर्ने चर्चा छ ।

बिहे मुम्बईमा नै हुने तय भए पनि विवाहस्थल भने फाइनल हुन बाँकी छ । अगष्टसम्ममा विवाहस्थलको टुङ्गो लाग्ने बताइएको छ । हतारमा कुनै ठाउँ बुक गर्ने मुडमा दुवै परिवार छैनन् ।

दीपिका र रणवीरले यसै वर्ष बिहे गर्ने तयारी गरेको कुरा यसबाट पनि बुझ्न सकिन्छ कि उनीहरूले आफ्ना स्टाफहरूको तीन महिना ९अक्टोबर, नोभेम्बर र डिसेम्बर० का लागि छुट्टी क्यान्सिल गरिदिएका छन् । रणवीर सिंह रोहित सेट्टीको निर्देशनमा बनिरहेको आगामी फिल्म ‘सिम्बा’ को सुटिङ चाँडै सिध्याउने कोसिस गरिरहेका छन् । आफ्नो बिहेको विषयमा उनले रोहितलाई जानकारी गराइसकेको बुझिएको छ ।

रणबीले अहिले कुनै नयाँ फिल्म साइन गरेका छैनन् । दीपिकाले भने हालै मात्र एउटा सुपरहिरो फिल्म साइन गरेको खबर आएको छ । त्यो फिल्मको सेड्यूल कहिले सुरु हुन्छ भन्ने चाहिँ खुलेको छैन । उनी पनि केही समयदेखि फिल्म साइन नगरी बसेकी थिइन् ।

प्रतिक्रिया