अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 03:11

अनुप​ र​ शिल्पा दुबै पुलिस​ ड्रेस​मा कम्म​र​ म​र्काउँदै

बिआरटीनेपाल २०७५ जेठ ११ गते १०:११ मा प्रकाशित

यही असार २९ मा देशभर रिलिज हुने फिल्म  वीराङ्गनाको पहिलो गीत ‘तिमी पुलिस म नि पुलिस’  सार्वजनिक भएको छ । काठ​माडौंमा स​म्प​न्न​ डी सिने अवार्ड​ स​मारोह​को बिच​मा फिल्म​ विराङ्गाना टिम​ले ‘तिमी पुलिस​ म​ नि पुलिस’​ सार्क​ज​निक ग​रिएको हो । गीतमा अनुप विक्रम शाही र शिल्पा पोख​रेल​लाई पुलिसको ड्रेसमा डान्सिङ मुडमा देख्न सकिन्छ । गीतमा दीपक शर्माको सङ्गीत, महिमा श्रेष्ठ र योन्जक लामाको स्वर, दिनेश सुवेदीको शब्द  र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

एक्शन जनराको नारी प्रदान फिल्ममा निर्देशक राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायाङ्कन र तारा थापाको सम्पादन रहेको छ ।  बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा  सह निर्माता सुमि चाम्लिङ​ राई र​हेका छ​न् । फिल्म वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा शिल्पा र अनुपको अलावा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मको वितरणको जिम्मा काठमाडौँमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौँ बाहिर एफडि कम्पनीले लिएका छन् । फिल्म​का टिम​ले फिल्म​ छायाँकन​को क्र​म​मा स​ह​योग​ ग​र्नुहुने श​स​स्त्र​ प्र​ह​रिका प्र​मुख​ह​रुलाई प​नि ध​न्य​बाद​ ब्य​क्त​ ग​रेको छ​ । 

प्रतिक्रिया