अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

ढुंगेललाई माफी दिनुपर्ने कारण सहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी

बिआरटीनेपाल २०७५ जेठ ११ गते १०:०२ मा प्रकाशित

सर्वोच्च अदालतले ज्यान मुद्दामा सजाय भोगिरहेका पूर्वसांसद बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । 

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । आदेशमा दुवै पक्षलाई यही जेठ १३ गते छलफलका लागि उपस्थित हुन भनिएको छ ।

सरकारले गणतन्त्र दिवसका अवसरमा ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिन गरेको निर्णय रोक्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू