अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

गोकर्णको जगडोलमा निर्माणाधिन राष्ट्रिय शहीद तथा शान्ति पार्क ११ वर्ष पूरा हुँदा पनि निर्माण सम्पन्न भएन

बिआरटीनेपाल २०७५ जेठ ११ गते ९:४८ मा प्रकाशित

देशका लागि प्राण उत्सर्ग गर्ने ज्ञान अज्ञात सहिदहरूको सम्झनामा पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको गोकर्णको जगडोलमा निर्माणाधिन राष्ट्रिय शहीद तथा शान्ति पार्क ११ वर्ष पूरा हुँदा पनि निर्माण सम्पन्न भएको छैन ।

गोकर्ण मन्दिर आसपासको ६ सय रोपनी सामुदायिक बनलाई राजधानीकै मनोरम स्थलका रूपमा विकसित गरिने उद्देश्यका साथ २०६४ जेठ ११ गते मन्त्रिपरिषद्को निर्णय भई काम सुरु गरिएको थियो । तर ठेकेदारको लापरबाही, भूकम्प, नाकाबन्दी लगायतका विविध कारण देखाएर अझैसम्म पनि पार्क निर्माणको काम सम्पन्न हुन सकेको छैन ।

राष्ट्रिय शहीद तथा शान्ति पार्क निर्माण तथा व्यवस्थापन समितिको १२ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा कानुनमन्त्री शेरबहादुर तामाङले निर्माण क्षेत्रमा आयोजनाको ठेक्का लिने तर काम पूरा नगर्ने प्रवृत्ति रोगका रूपमा रहेको बताउनु भयो । ठेक्का लिएर निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई कालोसूचीमा राखेर आगामी दिनमा निर्माण कार्यलाई अवरोध गर्ने ठेकेदारलाई कारबाही गरिने कानुन मन्त्री तामाङले प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै शहीद पार्क निर्माणका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू