अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०० | Colorodo: 06:15

सभामुखद्वारा संसद्को गतिविधिमा अनिवार्य उपस्थित भएर संसद्को गरिमा र आफ्नो दायित्व निर्वाह गर्न निर्देशन

बिआरटीनेपाल २०७५ जेठ ११ गते ९:२६ मा प्रकाशित

कृष्णवहादुर महराले संसद्को गतिविधिमा अनिवार्य उपस्थित भएर संसद्को गरिमा र आफ्नो दायित्व निर्वाह गर्न निर्देशन दिनु भएको छ । सरकारको नीति तथा कार्यक्रममा पनि सांसदको उपस्थिति उदासिन भएको भनी जनस्तरबाट गुनासो आएको भन्दै अनिवार्य उपस्थित हुन निर्देशन दिनु भएको हो ।

नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै भूतपूर्व सभामुख सुवाषचन्द्र नेम्वाङले चुनावका वेला जनतासँग वाचा गरेका विषयवस्तुलाई आधार मानेर कार्यक्रम आएकाले नीति तथा कार्यक्रम जन अपेक्षा अनुरूप भएको बताउनु भयो ।

नीति तथा कार्यक्रम जन अनुमोदित विषयको प्रतिविम्मव भए पनि प्रतिपक्ष पनि सरकारको अङ्ग भएकाले उसले दिएको सुझाउलाई सम्मानका साथ ग्रहण गरी नीति तथा कार्यक्रममा समावेश गरेर बजेट ल्याउन सरकारलाई आग्रह गर्नु भयो ।

भूतपूर्व सभामुख नेम्वाङले संविधानको विषयमा केही असहमति भए पनि अश्विकार्य भन्ने विषय उठाएर संसद्को समय बर्बाद नगरी नीति तथा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाउ दिन आग्रह गर्नु भयो । 

सो अवसरमा प्रतिपक्षी दलका सांसद विजयकुमार गच्छेदारले भूतपूर्व सभामुखले संसद्मा दिएको अभिव्यक्ति र नीति तथा कार्यक्रममा व्यापक अन्तर रहेकाले बोलाई र गराइलाई मिलाउन आग्रह गर्नु भयो । नीति तथा कार्यक्रममा राजनीतिक प्रतिबद्धतालाई समावेश गरिएन भने विगतमा भएका गल्तीहरूलाई निरन्तरता दिने संस्कार बस्दा स्थिरता कायम गर्न नसक्ने बताउनु भयो ।

सो अवसरमा सत्ता पक्षका सांसद देववहादुर गरुङले नीति तथा कार्यक्रम अनुसार विकास अघि बढाउने श्रोतको रूपमा रहेको राजश्व चुहावटमा कठोर भएर अघि बढ्न सरकारलाई सुझाउ दिनु भयो ।

आत्म निर्भर अर्थतन्त्रको निर्माण गर्ने दिशामा नीति तथा कार्यक्रम केन्द्रित हुनु पर्ने उहाँको भनाइ थियो । छलफलमा भाग लिँदै सांसद महेन्द्र राय यादवले राजनीतिक स्थिरता विना विकास असम्भव भएकाले मधेस केन्द्रित दलको असहमतिलाई पनि सहमतिलाई बदल्न आग्रह गर्नु भयो । नीति तथा कार्यक्रममा सांसदहरूले सुझाव दिने क्रम जारी छ ।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू