अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 09:48

नेपाल विध्यार्थी संघ विरोध (फोटो फिचर)

बिआरटीनेपाल २०७५ जेठ ११ गते ८:२२ मा प्रकाशित

नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्य बृध्दि तत्काल फिर्ता लिन माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरेको छ। विश्व भाषा क्याम्पस भृकुटीमण्डपबाट निस्किएको नेपाल विद्यार्थी सङ्घको विरोध जुलुसले बढ्दो महँगी नियन्त्रण गर्न , आन्तरिक लोकतन्त्र सुनिश्चित गर्न ,स्वतन्त्र न्यायपालिका माथिको हस्तक्षेपबन्द गर्न र शैक्षिक माफियाको अन्त्य हुनु पर्ने नारा लगाएका थिए। 

विश्व भाषा क्याम्पस भृकुटीमण्डपबाट निस्किएको सो विरोध जुलुसले पुतली सडक ,बागबजार र रत्नपार्कको परिक्रमा गरी रत्नपार्कमा पुगी कोणसभामा परिणत भएको थियो। कोण सभामा विद्यार्थी नेताहरूले बढ्दो महँगीका कारण आमनेपालीहरुको जनजीवन कष्टकर बन्दै गएको भन्दै मूल्य बृध्दि तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो। 

वर्तमान सरकारले फौजदारी अभियोगमा अदालत बाट कसूरदार ठहरि सजाय भोगी रहेका व्यक्तिलाई समेत राजनीतिक आस्थाका आधारमा उन्मुक्ति दिन खोजेको भन्दै विद्यार्थी नेताहरूले त्यसलाई रोक्नु पर्ने बताउनु भयो। वर्तमान सरकारको स्थापना सँगै आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको भन्दै आन्तरिक लोकतन्त्र सुनिश्चित गर्न उहाँहरूले माग गर्नु भयो । विरोध जुलुस नेपाल विद्यार्थी सङ्घ काठमाण्डौको आयोजनामा भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू