अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५६ | Colorodo: 13:11

एमाले–माओवादी केन्द्र एकतासँगै जन्मियो नयाँ पार्टी, बन्दुक उठाउने

बिआरटीनेपाल २०७५ जेठ १० गते १२:४७ मा प्रकाशित

काठमाडौँ । संयुक्त दलित अधिकार मञ्च नेपालले नयाँ पार्टीको घोषणा गरेको छ । आफ्नो चौथो स्थापना दिवसको अवसरमा मञ्चले बिहीबार संवाद डबलीमा विशेष कार्यक्रम गरेर लक्ष्मण बर्देवाको संयोजकत्वामा १ सय ५१ सदस्यीय ‘पार्टी निर्माणको राष्ट्रिय अभियान’ को घोषणा गरेको हो ।

राष्ट्रिय स्वाधीनता र जनयुद्ध –जनआन्दोलनबाट उत्पीडित समुदायले प्राप्त गरेका अधिकार पनि खोसिने खतरा बढेका कारण पार्टीको आवश्यकता भएको अभियानका संयोजक लक्ष्मण बर्देवाले बताए । उनले नेकपा एमाले र माओवादी केन्द्रको एकताले दलितलगायत उत्पीडित समुदायको अधिकार झन् खतरामा परेको बताउँदै नयाँ पार्टीको अनिवार्य भएको बताए ।

संयोजक बर्देवाले पार्टीले अधिकार र राष्ट्रिय स्वाधीनताको लागि शान्तिपूर्ण सङ्घर्ष गर्ने तर राज्यले दमन गरे सशस्त्र रूपमा प्रतिरोध गर्ने बताए । उत्पीडित समुदायको अधिकारको लागि आवश्यक परे बन्दुक उठाउन तयार भएर पार्टी निर्माणको अभियान थालेको बताए ।

कार्यक्रममा शुभकाना दिँदै दलित अगुवा डा. निर्मल विश्वकर्माले एमाले र माओवादी केन्द्रले जति समृद्धिका नारा दिएपनि उत्पीडित जातिको अधिकार खोसिने खतरा बढेको बताए । उनले अब उत्पीडित समुदायका धेरै व्यक्तिले मागेर गुजारा गर्नुपर्ने अवस्था आउने बताए ।

विश्वकर्मा रुढिवादबाट ग्रस्त समाजमा बन्दुकले मात्रै परिवर्तन गर्ने बताए । उनले सङ्घर्षबाट उत्पीडित समुदायले प्राप्त गरेका अधिकारको रक्षा र थप प्राप्तको लागि फेरि सशस्त्र सङ्घर्षको अवश्यकता रहेको धारणा राखे ।

SANYO DIGITAL CAMERA

“अहिले फेरि जयस्थिति मल्ल, पृथ्वी नारायण शाह र जंगबहादुरले जसरी उत्पीडित समुदायमाथि जसरी मदन गरेका थिए, त्यस्तै अवस्था फेरि आएको छ । एमाले र माओवादीको एकताले त्यसलाई बल पुर्‍याएको छ । उत्पीडित समुदायको नेतृत्व गर्ने पार्टीको आवश्यकता भएको छ” डा. विश्वकर्माले भने ।

त्यस्तै कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता राजकुमार हिङमाङ, राष्ट्रिय मुक्ति अभियानका नेता योगेश बराल, बर्देवा बन्धु समाजका केन्द्रीय अध्यक्ष भरत बर्देवा, नेपाल दलित उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रमेश विक, पत्रकार तथा दलित अभियान्ता मेघराज परियार, पत्रकार सिके गदाललगायतले उत्पीडित समुदायको मुक्तिको लागि नयाँ पार्टी आवश्यक भएको भन्दै नयाँ पार्टी निर्माणको अभियान सफलताको शुभकामना दिएका थिए । अहिलेको राज्य व्यवस्था दलालको हातमा पुगेको भन्दै वक्ताहरूले दलाल संसदीय व्यवस्थाभित्र उत्पीडित समुदायको हक अधिकार हुन्छ भन्नु मूखर्ता भएको बताएका थिए ।

‘राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र समानता, शान्ति रोजगार र विकासमा हाम्रो प्रतिबद्धता’ मूल नारा दिएको नयाँ पार्टी अभियानमा मञ्चसँगै माओवादी आन्दोलनको दलित अगुवाहरुको पनि सभागीता छ ।  मञ्चको तर्फबाट रामशरण मजकोटीले अवधारणा प्रस्तुत गरेका थिए ।  कार्यक्रमको सञ्चालन दुर्गा बराइलीले गरेका थिए भने स्वागत मन्यतव्य सोचना रामदामले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू