अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२४ | Colorodo: 10:39

चलचित्र ‘बाबु कान्छा’फष्टलुक पोष्टर र रिलिज मिति सार्वजनिक

बिआरटीनेपाल २०७५ जेठ १० गते १२:३६ मा प्रकाशित

चलचित्र ‘बाबु कान्छा’ औपचारिक रूपमा निर्माण पक्षले फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ ।चलचित्रको पोष्टर सार्वजनिक सँगै रिलिज मिति पनि तय गरिएको छ ।चलचित्र असार २९ गते बाट प्रदर्शनमा आउने भएको छ ।

चलचित्र ‘ए मेरो हजुर २’बाट निकै तारिफ पाएका सलोन बस्नेतको मुख्य भूमिका रहेको ‘बाबु कान्छा’ पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूलाई नै पोस्टरमा प्रस्तुत गरिएको छ । पछिल्लो समय निकै व्यस्त रहेका नायक सलोन बस्नेतले आफ्नो अभिनय मार्फत चौतर्फी तारिफ बटुलेका छन्।चलचित्र ‘बाबु कान्छा’ बाट पनि दर्शकको माया अझै पाउने सलोनको विश्वास रहेको छ ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’मा सलोन बस्नेत निर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट् सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,विक्रम कंडेल लगायतको अभिनय रहेको छ ।यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दै छिन्।

२०७२ सालमा ‘जाऊँ हिँड पोखरा’ आएपछि शोभित बस्नेतद्धारा निर्देशित चलचित्र बजारमा आएका थिएनन् ।यस अघि सार्वजनिक चलचित्र ‘कर्णविर’ समावेश ‘चन्द्रमा झैँ राम्री’ बोलको रिमिक्स भर्सनलाई दर्शक तथा श्रोताले मन पराएका छन् ।केही दिनमा नै एक कार्यक्रमको बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिने कार्यकारी निर्माता रवि अधिकारीले जानकारी दिनु भयो।

सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रूपमा रहेका छन् ।बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायाङ्कन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ छ। चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टङ्क बुढाथोकी सङ्गीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैँ राम्री छौ’गीत लाई रिमिक्स गरेका हुन् ।

प्रतिक्रिया