अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 22:38

जोखिमपूर्ण बन्दै नारायणगढ मुग्लिन सडक

बिआरटीनेपाल २०७५ जेठ १० गते ९:५२ मा प्रकाशित

नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम सकिनै लाग्दा सवारी सुरक्षाका संरचना निर्माण थालिएको छ । सडक सहज हुँदै जाँदा सुरक्षाका संरचना नहुँदा दुर्घटना बढेका छन् । सडकको धेरै जसो क्षेत्रको एकातर्फ त्रिशूली नदी र अर्कोतर्फ अग्लो पहाड भएकाले सो सडकखण्ड जोखिमपूर्ण सडकका रुपमा लिइन्छ । 

नारायणगढ–मुग्लिन सडक आयोजनाको परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर पुष्कर रेग्मीका अनुसार सडक यात्राका क्रममा सुरक्षित यात्रा गर्न र सडक सुरक्षाका लागि आयोजनाले विभिन्न संरचना निर्माण गरिरहेको छ । उहाँका अनुसार दुर्घटना नहोस् भन्नका लागि कालोपत्र सडकमा दायाँ र बायाँ पहेलो रंग र बीचमा सेतो रंगले एज मार्किङ गरिँदैछ । जसबाट सवारी चालकले आफ्नो लाइनमा सवारी चलाउने र दुर्घटना कम हुने विश्वास गरिएको छ ।

सडकखण्डको हरेक मोड र व्यस्त क्षेत्रमा ट्राफिक साइनबोर्ड राखिनेछ । बाटोको अवस्था झल्काउने र सडकमा सुरक्षित यात्राका लागि दिने संकेत सहितको ट्राफिक साइनबोर्ड रहनेछन् । जसका कारण बाटोमा यात्रा गरिरहँदा सडकको अवस्थाका विषयमा जानकारी प्राप्त गर्न सकिनेछ । सडकखण्डमा पर्ने पुलमा संकेत दिनका लागि रम्बल स्टिप राखिनेछ । नारयाणगढदेखि मुग्लिनसम्म १८ वटा पुल रहेका छन् । सवारी चलाएर सडकमा यात्रा गरिरहँदा पुलको मुखैमा राखिएको रम्वल स्टिपमा सवारी गुड्दा पुल आएको संकेत मिल्नेछ ।

सो सडकखण्डमा सडक सहज बनेसँगै पछिल्ला तीन महिनामा दुर्घटनाको संख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार फागुनमा ६, चैतमा आठ र वैशाखमा नौ वटा दुर्घटना भएका छन् । जसबाट तीन महिनामा १० को मृत्यु र ७९ जना घाइते भएका छन्

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू