अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

शिक्षामा लगानीअनुसार प्रतिफल आएन : प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ जेठ १० गते ९:४८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार राम्रो प्रतिफल आउन नसकेको बताउनुभएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)ले आयोजना गरेको ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’को उद्घाटन गर्दै उहाँले व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन नसक्दा शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि राम्रो प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो ।

उहाँले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि कोहीसँग पनि सरकारले सम्झौता नगर्ने दृढता व्यक्त गर्नुभयो । मुलुकलाई चाहिने जनशक्ति उत्पादन हुने खालको र जीवनोपयोगी शिक्षा दिन सरकार कटिबद्ध रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

“निजी शैक्षिक संस्थाको शिक्षामा योगदान छ भन्दैमा उनीहरूले जथाभाबी शुल्क लिन नपाने भन्दै उहाँले निजी शिक्षण संस्था नोक्सानमा जानुस् भनेर भनेको होइन  धेरै नाफा नखोज्नुस् भनेको हुँ  भन्नु भयो।

कार्यक्रममा हिसानका अध्यक्ष रमेश सिलवालले सरकारसँग निजी क्षेत्र मिलेर काम गर्न तयार रहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई अध्ययनका लागि बाध्यतामाबाहेक विदेश जान नपर्ने वातावरण बनाउन आफूहरू लागिपरेको र स्वदेशमै गुणस्तरीय शिक्षा दिइरहेको जानकारी गराउनुभयो ।

स्वदेशमै विदेशमा पाइने शिक्षा पाइन्छ भन्ने सन्देश दिन शैक्षिक मेला आयोजना गरिएको मेला संयोजक लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । मेलामा १५० भन्दा बढी कलेजको सहभागिता रहेको छ । प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा तीन दिनसम्म सञ्चालन हुने यस मेलामा करिब दुई लाख विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू