अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

राजविराज विमानस्थल पुनः सञ्चालनमा

बिआरटीनेपाल २०७५ जेठ १० गते ९:४१ मा प्रकाशित

पटक पटक उडान सञ्चालन तथा स्थगन हुँदै आएको राजविराज विमानस्थल एक दशकपछि विहिबारदेखि पुनः सञ्चालनमा आएको छ । 

विमानस्थलको स्तरोन्नति  पछि श्री एयरलाइन्सको ५० सिट यात्रु क्षमताको ‘नाइन ए एएमए’ कल साइन भएको विमानले विहिबारदेखि औपचारिक उडान सुरु गरेको हो । विमानस्थलको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले विमानस्थलको नियमित रूपमा उडान सञ्चालनको सुनिश्चितता गरिने उल्लेख गर्नुभयो । पर्यटनमन्त्री अधिकारीको १०० दिने कार्ययोजनामा राजविराज र साँफेबगर विमानस्थल स्तरोन्नति गरी उडान सुरु गरिने उल्लेख गर्छनु भएको थियो । आफ्नो कार्ययोजना अवधिअघि नै काम सम्पन्न भई उडान सुरु भएकामा खुसी व्यक्त गर्दै मन्त्री अधिकारीले अन्य विमानस्थलको कामलाई पनि प्रभावकारी बनाइने बताउनुभयो । श्री एयरलायन्सले  आगामी असार १ देखि राजविराज–काठमाडौँ नियमित उडान भर्ने  भएको छ ।

प्रतिक्रिया