अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 15:49

जाइरामा नायिका नम्रता बक्सरको अवतारमा

बिआरटीनेपाल २०७५ जेठ १० गते ७:१० मा प्रकाशित

नेपाली चलचित्र क्षेत्रमा नम्रता श्रेष्ठ चर्चित एवम् स्थापित नाम हो । अर्को शब्दमा भन्ने हो भने सुन्दरी नायिकाको रुपमा पनि चिन्ने गरिएको छ । नायिका नम्रता श्रेष्ठ अब एक चलचित्रमा फरक भूमिकामा देखिने भएकी छन् ।

आफूलाई हरेक चलचित्रमा फरक–फरक भूमिका र पहिरनमा देखाउन रुचाउने नायिका पछल्लो चलचित्र ‘पर्व’ पछि अब आशुतोष राज श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘जाइरा’ मा बक्सर खेलाडिको भूमिकामा देखिने भएकि छन् ।

यो चलचित्रको लागि नम्रताले आफ्नो तौल घटाउनुका साथै कपाल पनि काटेकि छिन् । चलचित्रमा नम्रता श्रेष्ठको साथमा अनुपविक्रम शाही, श्रृजना रेग्मी, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सम्राट मगर लगायतका कलाकारहरुको मुख्य भूमिकारहेको छ ।

यो चलचित्र पूणरुपमा एक्सन प्रदान चलचित्र बन्ने भएको छ र चलचित्रमा नम्रता एक एक्सन लेडिको रुपमा उपस्थित हुने भएकि छन् । यस चलचित्रको लागि नायिका श्रेष्ठ जिम र बक्सीङ अभ्यास गर्नमा व्यस्त रहेको एक सुत्रले जाकारी दिएको छ ।

प्रतिक्रिया