अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 18:01

आईपिएल : कोलकातासँग राजस्थान पराजित

बिआरटीनेपाल २०७५ जेठ १० गते ७:०७ मा प्रकाशित

एजेन्सी, राजस्थान रोयल्सलाई २५ रनले हराउँदै कोलकाता नाइट राईडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ ।

प्ले अफ् चरणअन्तर्गत गएराति भएको इलिमिनेटरमा पराजित टोली राजस्थान भने प्रतियोगिताबाट बाहिरिएको छ । कोलकाताले भने अब फाइनल प्रवेशका लागि हुने दोस्रो क्वालिफायर खेलमा सनराईजर्स हैदरावादको सामना गर्नेछ ।

पहिलो क्वालिफायरमा चेन्नाई सुपर किङ्ससँग पराजित भएको हैदरवादले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । गएराति कोलकातामा भएको खेलमा टर हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६९ रन बनायो ।

कोलकाताका लागि दिनेश कार्तिकले ५२ रन तथा आन्द्रे रसेलले अविजित ४९ रन जोडे । जवाफमा १ सय ७० रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सले निर्धा्रित ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन मात्रै जोड्न सक्यो । राजस्थानका सन्जु स्यामसनले ५० रन तथा अजिन्क्या रहानेले ४६ रन जोडे पनि टोलीका लागि निर्णायक पारी खेल्न सकेनन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू