अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२३ | Colorodo: 13:38

नेपालले पहिलो वान डे सिरिज नेदरल्याण्डसँग खेल्ने

बिआरटीनेपाल २०७५ जेठ १० गते ७:०४ मा प्रकाशित

नेपालले नेदरल्याण्ड्ससँग पहिलो वान डे सिरिज खेल्ने भएको छ । क्रिकेट वेबसाइट क्रिकबजले बुधवार उक्त समाचार पोस्ट गर्दै आगामी अगष्ट १ र ३ मा नेदरल्याण्ड्समै उक्त खेल हुने उल्लेख गरेको छ । तर खेल स्थल भने खुलाइएको छ । जुलाई २९ मा लर्ड्समा हुने टी–२० ट्राईसिरिजपछि नेपाल र नेदरल्याण्डबीच खेल हुन लागेको हो ।

लर्ड्समा नेपालसँगै नेदरल्याण्ड्स र एमसीसीले खेल्नेछ । तर यसबारे नेपालललाई आधिकारिक जानकारी भने आइसकेको छैन । गत मार्चमा पहिलो पटक वानडे इन्टरनेशनल ढओडिआईण स्ट्याटस पाएको थियो ।

जिम्वावेमा भएको आइसीसी वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीन स्थान हासिल गर्दै नेपालले दुई दशक लामो क्रिकेट इतिहासमा पहिलो पटक ओडिआई स्ट्याटस पाएको हो । उक्त स्ट्याटस चार वर्षको लागि हुनेछ ।

सोही क्वालिफायरमा नेपाल र नेदरल्याण्ड्स पछिल्लो पटक भिडेका थिए । सातौँ स्थानको लागि भएको प्लेअफमा भने नेपाल डच टोलीसँग ४५ रनले पराजित भएको थियो । नेपालले सन् २०१६ मा आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको लागि नेदरल्याण्ड्स टुर गरेको थियो । जसमा दुवै टोलीले १–१ खेल जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू